News

पत्रपत्रिका वर्गीकरण गलत भएको टिप्पणी, महानिर्देशकलाई समेत वेवास्ता गरियाे

पत्रपत्रिका वर्गीकरण गलत भएको टिप्पणी, महानिर्देशकलाई समेत वेवास्ता गरियाे


काठमाडाैं । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गीरकण विवादमा परेको छ । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मनमौजी ढंगले वर्गिकरण गरेको भन्दै चौतर्फी विरोध भएको छ ।

 

प्रेस युनियनले विज्ञप्ति जारी गरी वर्गिकरण खारेजीको माग गरेको छ । प्रेस काउन्सिल नेपालले बिहीबार  २०७२–०७३ र आर्थिक वर्ष २०७४–०७४ को वर्गीकरण सार्वजनिक गरेको हो । सार्वजनिक भएसँगै पत्रपत्रिका वितरण संपरीक्षण समितिको सिफारिस समेतलाई वेवास्ता गरी बोर्डको बैठक समेत नबसी गलत प्रकियाबाट वर्गीकरण गरेको युनियनको आरोप छ ।

 

युनियनमा आवद्व एक पत्रकारले भने‘यो पूर्वाग्राही तरिकालले गरिएको वर्गिकरण हो । नेकपा निकट पत्रिकाहरूलाई क बर्गमा राखिएको छ । यसमा राम्रा पत्रिकाहरू समेत हुबहुमा परेका छन् । यो वर्गीकरण खारेज हुनुपर्छ । ’ सूचना बिभागका महानिर्देशकलाई समेत नतिजा निकाल्ने बेलामा वेवास्ता गरिएको युनियनको गुनासो छ ।

 

यदी वर्गीरकणलाई खारेज नगरे कडा आन्दोलनमा उत्रने युनियनले जनाएको छ । 

प्रेस काउन्सिल नेपाल

विशेष