News

मृत अवस्थामा एक युवक बाटोमा भेटिए

मृत अवस्थामा एक युवक बाटोमा भेटिए

काठमाडाैं । औषधि लिन बजार निस्केका नेपालगञ्जका एक युवक बाटोमा मृत अवस्थामा भेटिएका छन् ।

 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ का २५ वर्षीय दुर्गाप्रसाद कोरी शुक्रबार बिहान औषधी लिन भनी बजार निस्केका थिए । पिप्रहवास्थित सडक किनारको नालीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो ।

 

उनको सामुन्यमा मोटरसाइकल पल्टिएका कारण मोटरसाइकल दुर्घटना भई उनको मृत्यु भएको हुनसक्ने  प्रहरीको अनुमान छ ।  

नेपालगञ्ज

विशेष