इतिहासमा अाज - नेपाली एक्सन स्टार निखिल उप्रेतीकाे जन्मदिन
अाज मिति २०७५ साल साउन २५ गते नेपाली चलचित्र क्षेत्रका एक्सन स्टार निखिल उप्रेतीकाे जन्मदिन । उनको जन्म सन् १९८० अगस्ट १० तारिखमा सर्लाही जिल्लामा भएको हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ। उनको पहिलो र सफल चलचित्र पिंजडा हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्कृष्ट एक्सन् अभिनेता एवम् स्टन्ट कर्ताका रूपमा लिर्इन्छ र नेपाली चलचित्र जगतमा एक्सन् चलचित्रहरूप्रति दर्शककाे रुचिको प्रेरणा श्रोत। उनले अहिले सम्म ११० वटा भन्दा बढि चलचित्रहरूमा अभिनय गरि सकेका छन् र अनेक पुरस्कारहरू पनि प्राप्त गरेका छन्।
"निखिल उप्रेति"को जन्म सर्लाहीको पिपरभट्टा भन्ने ठाउमा गोबिन्द ऊप्रेती र भोजकुमारी उप्रेतीका कोखबाट भएको हो । उनले सानै छदा करातेमा ब्ल्याक बेल्ट हासिल गरि सकेका थिए । काठमाडाैंमा पढ्दा पढ्दै उनी आफ्नो कलाकार बन्ने इच्छा पुरा गर्न भारतको सिनेनगरी मुम्बई तिर लागे। केहि समय कर्तबबाज (स्टन्ट कर्ता)को रूपमा र सहायक द्वन्द निर्देशकको भुमिकामा काम गरे। केहि समय उनले अमिताभ बच्चनको चल्चित्र निर्माण कम्पनि ABCLको लागि केहि चलचित्रमा पनि काम गरे। सुन्न मिल्ने कुरा (गफ) हरू अनुसार उनले त्यस समयमा अभिशेक बच्चनलाई द्वन्द कलाको प्रशिक्षण दिएका थिए।
उनले मुम्बई बाट फर्केपछि पहिले देखिकी प्रेमिका नौबिसे कि कोपिलासँग बिहे गरेका थिए। त्यसपछि नेपाली सिने क्षेत्रमा लामाे समय काम गरिसकेपछि केही वर्ष अगाडी उनले नेपाली सिने जगत कि नायिका सन्चिता लुइटेलसँग प्रेम विवाह गरेको गरेका छन् । सन्चिता लुइटेलसँग प्रेम बसेपछि भागेर भारतमा गएर विवाह गरेका निखिल केहि समय भारतमै बसेपनि फेरि नेपाल फर्किएका छन् । उनले नेपाल अाएर फेरि सिने क्षेत्रमै हात हालेका छन् । अहिले उनले भैरब, पिंजडा ब्याक अगेन लगायतका धेरै चलचित्रमा लगानी तथा अभिनय गरिसकेका छन् ।
बि.स. १९८३ (सन् १९२६) - इटली र स्पेन बिच इटालियन-स्पेनिश शान्ति सन्धि हस्ताक्षर भएको थियो ।
बि.स. २०४७ (सन् १९९०) - नासाले शुक्रग्रहको (चित्रमा शुक्रग्रह) सतहको नक्सा लिनको लागी पठाएको मानव रहित अन्तरिक्ष यान मेगेलान पन्ध महिना पश्चात शुक्रग्रहमा पुगेको थियो ।
बि.स. २०७० (सन् २०१३) - इन्डोनेसियामा रहेको पालुहे भुइचालो फुट्दा ६ जनाको मृत्यु भएको थियो ।
इतिहासमा अाज