News Technology विदेश

दिनकाे हजार पाउण्डकाे गेम खेलेरै एक बृद्ध चर्चित 

दिनकाे हजार पाउण्डकाे गेम खेलेरै एक बृद्ध चर्चित 

एजेन्सी । ताइवानका एक हजुरबुवा उमेरका बृद्ध चेन सान युआनले पोकोमोन गेम खेल्न ११ वटा स्मार्ट फोन आफ्नो साइकलमा राखेका छन् । यो भन्दा पहिले उनले ९ वटा राखेका थिए । हाल आएर उनले ४ वटा थप्ने योजना गरेका छन् । 


युआनले पोकेमोन गो गेम आफ्नो नातीसँग खेल्न सिकेको कुरा ताइवानको न्यूज च्यानललाई बाताए । ताइवानमा अहिले उनी पोकेमोन अङ्कलको नामले प्रख्यात छन् । २० घण्टा लगातार खेल्ने सकिने गरि चार्ज गरेर साइकलमा राखेका छन् । र ब्याट्रि सकेपछि साइकलमै फोन चार्ज गर्न ब्याट्रि प्याक यानी पोर्टेबल ब्याट्रि पनि राखेका छन् । 


पोकेमोन गेम खेलेरै उनी त्यहाँका चर्चित सेलिब्रिटी समेत बनेका छन् । अहिले उनी पोकमोनकै नामले चिनिने कुरा मिडिायाले जानकारी दिएको छ । हाल उनले दिनको १ हजार पाउण्ड गेममा खर्च गर्दै आएका छन् ।


सोसल मिडियामा उनी प्रख्यात भएपछि उनका प्यानफलोइङ पनि बढेको छ । पोकेमोन गेम खेलेपछि अहिले उनको साथीहरु पनि थुप्रै बढेका छन् । 

ताइवान चेन सान युआन पोकोमोन गेम

विशेष