News समाज

श्रीमतीको हत्या गरी आत्मसमर्पण

श्रीमतीको हत्या गरी आत्मसमर्पण

बाँके । बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । हालै डेढ महिनाअघि विदेशबाट फर्किएका ३० वर्षीय शेरअली शेषले आफ्नै २७ वर्षीया श्रीमती साकरुन बेहनाको हत्या गरेका छन् ।  


नेपालगञ्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पूर्व बस्ने शेषले श्रीमतीको आचरणमाथि शंका लागेर हत्या गरेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।  उनले दिएका बयानको आधारमा शव भेटिएको हो । गत मंगलबार नै हत्या गरी शेष प्रहरी कार्यालयमा हाजिर भई आत्मसमर्पण गरेका छन् ।

 

भारतको श्रावस्ती जिल्लामा माइत भएकी साकरुनको दुई छोरा छन् । शेषले दिएको बयानका आधारमा उनले श्रीमतीलाई नेपाल–भारत सीमास्थित भारतीय जंगल नजिकै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

डुडुवा गाउँपालिका–६ हिरमिनिया शव फेला श्रीमती साकरुन बेहना

विशेष