News शेयर

कारोबार र नेप्से परिसूचक दुवै घट्यो

कारोबार र नेप्से परिसूचक दुवै घट्यो

काठमाडौं । धितोपत्र बजारमा यस साता कारोबार रकम र नेप्से परिसूचक दुवै घटेको छ । कारोबार रकम साताभरि नै रु एक अर्ब समेत पुग्न सकेन । नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको शेयर कारोबार भए पनि कारोबार रकम भने ९१ करोड ८७ लाख ३२ हजारमा मात्रै सीमित भएको छ । 

 

यस साता कूल ३६ लाख ४७ हजार आठ सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १४.६८ प्रतिशत कम हो । गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार ५ सय २० कित्ता शेयर एक अर्ब सात करोड ६७ लाख ४८ हजारमा कारोबार भएको थियो । 

 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले घटेर अन्तिम दिन एक हजार १८०.६३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आइपुगेको छ । 

 

यस साता कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको पाँच करोड ९० लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ । 

 

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा पनि सोही कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको कूल पाँच लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबारकक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 

धितोपत्र बजार नेप्से परिसूचक

विशेष