News

कर बढाएको विरोधमा बजार बन्द, वडाअध्यक्ष पनि आन्दोलनमा

कर बढाएको विरोधमा बजार बन्द, वडाअध्यक्ष पनि आन्दोलनमा

महोत्तरी । कर बढाएको विरोधमा शनिवार महोत्तरीको गौशाला बजार गराइएको छ । उद्योग वाणिज्य संघको नेतृत्वमा स्थानीय बासिन्दाले बजार बन्द गराएका हुन् ।

 

महोत्तरीको गौशाला नगरपालिकाले अत्याधिक मात्रामा कर बढाएको भन्दै सर्वदलीय पक्षको आग्रह अनुसार एक दिनको लागि उक्त बजार बन्द गराइएको उद्योग वाणिज्य संघ गौशालाले जनाएको छ ।

 

नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ को लागि पारित गरेको वजेटमा गत वर्षको तुलनामा यस वर्ष अत्याधिक कर लादेको र त्यो कर यहाँका जनताले धान्न सक्ने अवस्थामा नरहेको संघको भनाई छ ।

 

गौशाला नगरपालिकाका वडाअध्यक्ष धर्मेन्द्रकुमार साहले बजेट सिलिङ्ग गरेदेखि नै आफूहरु विरोधमा उत्रे पनि नगरपालिकाले वास्ता नगरेपछि बाध्य भएर सडकमा उत्रिनुपरेको बताए ।

 

यता, वार्ता र छलफल मार्फत समस्या समाधानको लागि पहल भइरहेको भन्दै नगरप्रमुख शिवनाथ महतोले बजेट पुनरोवलोकन समितिको बैठक जारी रहेको समयमा बजार बन्द गर्न जरुरी नरहेको उल्लेख गरे ।

विशेष