News राजनीति

सभामुख र उपसभामुख एकै दलको हुनु नहुने भन्दै अदालतमा रिट दायर

सभामुख र उपसभामुख एकै दलको हुनु नहुने भन्दै अदालतमा रिट दायर

काठमाडाैं । प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख एकै दलको हुनु नहुने भन्दै अदालतमा रिट दायर गरेको छ । कांग्रेसले एउटै दलको सभामुख र उपसभामुख भएको हुँदा फरकफरक दलको हुनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरेको हो ।

 

रिटमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ति, उपसभामुख कृष्णी थारु र प्रदेशसभा सचिबालयलाई बिपक्षी बनाइएको छ ।प्रदेश ५ कि प्रदेशसभा सदस्य तथा कांग्रेस नेतृ रिना नेपाल विकले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गरेकी हुन् ।संसदमा कुरा प्रत्येक पल्ट उठाएपनि सत्तापक्षले सुनाई नगरेपछि रिट दायर गरेको सांसद रिनाले बताइन् ।

 

कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता बलदेव शर्माले प्रदेशसभामा पटक–पटक सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने माग गरेपनि सुनुवाई नभएपछि न्यायको खोजी गर्दै अदालत पुग्नु परेको बताए ।
 

रिट काँग्रेस

विशेष