News राजनीति

संगठनलाई सबल, सक्षम र सशक्त बनाउन युवा प्रशिक्षित हुनुपर्छ

संगठनलाई सबल, सक्षम र सशक्त बनाउन युवा प्रशिक्षित हुनुपर्छ

इटहरी । नेपाली काँग्रेसका नेता राजिव कोइरालाले प्रजातान्त्रिक समाजवादका विषयमा गहन अध्ययन गर्न युवा पुस्ता सक्रिय हुनुपर्ने बताएका छन् । 

 

तरुण दलले शनिबार सुनसरीको इटहरीमा आयोजना गरेको प्रशिक्षण शिविर कार्यक्रममा उनले भने, “काँग्रेसको संगठनलाई सबल, सक्षम र सशक्त बनाउन तरुण दलमा लागेका युवा प्रशिक्षित हुनुपर्दछ ।” 

 

तरुण दलको पूर्वअध्यक्ष एवं प्रमुख प्रशिक्षक विनोद कायस्थले तरुण दलका युवाले पार्टीको नीति, सिद्धान्तसँगै अन्य राजनीतिक दलको नीति कार्यक्रम र योजनाका विषयमा समेत गहन अध्ययन गर्न जरुरी रहेको धारणा व्यक्त गरे । 

 

तरुण दल इटहरीका अध्यक्ष विष्णु खत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । अन्तर्रा्ष्ट्रिय युवा दिवसका अवसरमा आज इटहरी उपमहानगरपालिकास्थित पकलीमा आयोजित रक्तदान कार्र्यक्रममा ३३ जनाले रक्तदान गर्नुभयो ।
 

नेपाली काँग्रेस तरुण दल

विशेष