वरिष्ठ नेता पौडेलद्वारा समवेदना प्रकट
काठमाडाैं । नेपाली कांग्रेसका पुराना नेता भरत शम्शेरको निधनमा वरिष्ठ ननेता रामचन्द्र पौडेलले समवेदना प्रकट गरेका छन् ।
शोक वक्तव्य जारी गर्दै नेता पौडेलले उनको निधनबाट आफू मर्माहत भएको बताए । ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँको ठूलो योगदान रहेको छ’ शोक वक्तव्य भनिएको छ, ‘काँग्रेसका एक अविस्मरणीय नेता राणाको अवसानले लोकतान्त्रिक आन्दोलनमा क्षति पुगेको छ ।’२०१५ सालको पहिलो जननिर्वाचित संसद्मा प्रतिपक्षी दलका नेताका रुपमा रहनुभएका राणा गोर्खा परिषद्का महामन्त्री थिए ।
०१७ पुस १ गते उनले आफ्नो पार्टीलाई निशर्त नेपाली काँग्रेसमा विलय गराएका थिए । भारतको कोलकत्तामा ९० वर्षको उमेरमा आज बिहान उनको निधन भएको थियो ।