पारस खड्काले लिए नेपालको लागि आठौं विकेट

काठमाडाैं । नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको पहिलो एक दिवसीय पारस खड्काले आठौं विकेट लिएका छन् । खड्काको यो व्यक्तिगत चौथो विकेट हो ।
व्यक्तिगत चौथो विकेट लिंदै नेपाललाई यस अघि बसन्त रेग्मीले टिमको छैटौं विकेटका रुपमा पिटर सीलारलाई आउट गरेका थिए ।
खड्काले ४० औं ओभरको दोस्रो र चौथो बलमा रिप्पन र स्नाटरलाई आउट गरेका हुन् । रिप्पन क्याच आउट र स्नाटर बोल्ड भएका हुन् । खेलमा पहिलो विकेट भने शोमपाल कामीले लिएका थिए ।