News कला साहित्य साहित्य आज

किरण खरेललाई महानन्द पुरस्कार 

किरण खरेललाई महानन्द पुरस्कार 

काठमाडौं  । अन्तर्राष्ट्रिय नेपाली समाजले हरेक वर्ष प्रदान गर्ने महानन्द साहित्य सम्मान यस वर्ष कवि तथा गीतकार किरण खरेललाई प्रदान गरेको छ । १२२औं महानन्द जयन्तीका अवसरमा अनेसास ड्यालस, टेक्सासद्वारा यो सम्मान प्रदान गरिएको हो ।

 

सम्मानस्वरूप उनले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।नेपाली भाषाको श्रीवृद्धिमा विशेष योगदान दिने साहित्यिक व्यक्तित्वहरूलाई यो सम्मान प्रदान गरिँदै आएको छ । गीतकार खरेलको निजी निवासमा एक औपचारिक कार्यक्रम गरी मंगलबार कवि विप्लव प्रतीक र निबन्धकार, पत्रकार दीपक सापकोटाले उक्त सम्मान प्रदान गरे ।

 

सन् २०१२ देखि महानन्द सापकोटा साहित्यिक पुरस्कार गुठीले यो सम्मान प्रदान गर्न थालेको हो ।हालसम्म विप्लव प्रतीक, वसन्त थापा, गोविन्द वर्तमान, किशोर नेपाल र दुर्गालाल श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिसकिएको छ ।


 

अन्तर्राष्ट्रिय नेपाली समाज किरण खरेल

विशेष