News Technology अर्थ बैंकिङ देश

बैंकमा टोकन प्रणाली शुरु

बैंकमा टोकन प्रणाली शुरु

भद्रपुर । राष्ट्रिय वाणिज्य बैंक भद्रपुरले भीड व्यवस्थापन गर्न बुधबारबाट टोकन प्रणाली शुरु गरेको छ । ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बैंकिङ कार्य सरल र सुलभ ढंगले ग्राहकको पहुँचमा पुर्याउन टोकन प्रणाली लागू गरेको हो । 

 

बैंकका सहायक शाखा प्रबन्धक राजु काफ्लेले राष्ट्रिय वाणिज्य बैंक भद्रपुरले नगद झिक्नका लागि दुई वटा, जम्मा गर्नका लागि एउटा र अन्य जनरल काम गर्नका लागि एउटा गरी चार वटा काउन्टर शुरु गरेको बताए । यसअघि टोकन प्रणाली प्रदेश नं १ को इटहरी, दमक धरान र विराटनगरलगायतका बैंकमा लागू गरिएको सहायक प्रबन्धक काफ्लेले बताए ।

राष्ट्रिय वाणिज्य बैंक भद्रपुर टोकन प्रणाली शुरु

विशेष