News समाज

भक्तपुर अवलोकनबाट करोडौको आम्दानी

भक्तपुर अवलोकनबाट करोडौको आम्दानी

भक्तपुर । भक्तपुर नगरपालिकाले गत आर्थिक वर्ष २०७४/ ७५ मा पर्यटन शुल्कबाट २४ करोड १४ लाख ४१ हजार आम्दानी गरेको छ । गतवर्ष भक्तपुर अवलोकनका लागि आएका दुई लाख २७ हजार ६१४ विदेशी पर्यटकबाट नगरपालिकाले सो रकम आम्दानी गरेको हो । 

 

गतवर्ष चीनसहित दक्षिण एशियाली मुलुकका ९९ हजार ९ सय ८० र तेस्रो मुलुकका एक लाख २७ हजार ६ सय ३४ जना पर्यटकले भक्तपुर नगर अवलोकन गरेको नपास्थित पर्यटन सूचना केन्द्रका प्रमुख दामोदर सुवालले जानकारी दिए । 

 

नगरपालिकाले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकसँग प्रतिव्यक्ति ५ सय र तेस्रो मुलुकका पर्यटकबाट भने प्रतिव्यक्ति १ हजार ५ सय प्रवेश शुल्क उठाउँदै आएको छ । 

 

भक्तपुर नगरले २०५० साउन ६ गतेदेखि पर्यटकबाट शुल्क उठाउन शुरु गरेको हो । नगरपालिकाले तेस्रो मुलुकका पर्यटकबाट रु ५० शुल्क लिँदै पर्यटन शुल्कको शुरुबाट गरेको हो । त्यसको तीन वर्षपछि नगरपालिकाले पाँच दोब्बर वृद्धि गरी २०५३ साउन १ गतेदेखि तेस्रो मुलुकका पर्यटकका लागि पाँच अमेरिकी डलर वा नेपाली ३ सय शुल्क उठाएको थियो । 

 

नगरपालिकाले २०५४ पुस १७ गतेदेखि प्रतिव्यक्ति रु ३० बाट चीनलगायत दक्षिण एशियाली मुलुकका पर्यटकसँग शुल्क उठाउन थालेको हो । अमेरिकी डलरको मूल्य वृद्धिसँगै नगरपालिकाले २०५७ भाद्र १ गतेदेखि तेस्रो मुलुकका पर्यटकको प्रवेश शुल्क ३ सय ७५ पु¥याएको सुवालले जानकारी दिए ।  

 

नगरपालिकाले २०५७ पुस १७ गतेबाट पर्यटक शुल्कमा दोब्बर वृद्धि गरी तेस्रो मुलुकका पर्यटकका लागि प्रतिव्यक्ति ७ सय ५० वा १० अमेरिकी डलर र चीन तथा दक्षिण एशियाली मुलुकुका पर्यटकले प्रतिव्यक्ति रु ५० शुल्क उठाउन थाल्यो । 

 

विसं २०६७ पुस १७ गतेदेखि नगरपालिकाले तेस्रो मुलुकका पर्यटकसँग प्रतिव्यक्ति १ हजार १ सय वा १५ अमेरिकी डलर र चीन तथा दक्षिण एशियाली मुलुकका पर्यटकलाई भने रुपैयाँ सय पु¥याइएको थियो । 

 

अमेरिकी डलरको मूल्य वृद्धि भएको भन्दै नगरपालिकाले पुनः २०७० पुस १७ गतेदेखि लागू हुने गरी तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार ५ सय लिने व्यवस्था ग¥यो, भने २०७१ साउन १ गतेदेखि चीन तथा दक्षिण एशियाली मुलुकका पर्यटकको लागि रु ५ सय शुल्क निर्धारण गरेको हो । नगरपालिकाको प्रमुख आयस्रोतको रुपमा रहेको पर्यटन शुल्कको आम्दानी नगरको सफाइ, सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यमा लगानी गरिंदै आएको छ ।
 

भक्तपुर नगरपालिका २४ करोड १४ लाख ४१ हजार आम्दानी

विशेष