News राजनीति

कांग्रेसद्वारा बम विस्फोटको निन्दा

कांग्रेसद्वारा बम विस्फोटको निन्दा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसले विराटनगर महानगरपालिकामा आइतबार भएको बम विस्फोट घटनाको  घोर भत्र्सना गरेको छ । 


कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा एक प्रेसविज्ञप्तिमा मेयर भीम पराजुलीलाई लक्षित गर्दै गराएको विस्फोटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 


विज्ञप्तिमा ‘मेयर पराजुलीको कार्यकक्ष बाहिर अज्ञात समूहले बम विस्फोट गराई क्षति पु¥याएको घटनाप्रति कांग्रेस निन्दा गर्न चाहन्छ’, उल्लेख छ । 


उक्त बम विस्फोटबाट एक जना सख्त घाइते भएका छन् भने महानगरपालिकाको कार्यालयको सोफा, सिसा, पार्किङमा राखिएको सवारीसाधनमा समेत क्षति पुगेको छ । कांग्रेसले विज्ञप्तिमा उक्त घटनामा संलग्न अपराधीहरूको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही गर्न र घाइतेको उचित उपचारका लागि सरकारसँग माग गरेको छ । विज्ञप्तिमा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।  


    
    

 नेपाली कांग्रेस

विशेष