News अपराध सुरक्षा समाज

राजविराजको रुपनीमा धनमाल लुटपाट

राजविराजको रुपनीमा धनमाल लुटपाट

राजविराज । सप्तरीको राजविराज नगरपालिका–८ स्थित रुपनी रोडमा गए राती एउटा घरमा लुटपाट भएको छ । स्थानीय शत्रुधन यादवको घरमा कोही नभएका बेला चार जनाको समूहमा आएको अज्ञात व्यक्तिले लुटपाट गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । 

 

सो समूहले यादवको २२ वर्षीया गर्भवती बुहारी रञ्जु यादव र साढुभाइको १० वर्षीय छोरा दिलीप यादवलाई निर्घात कुटपिट गर्दा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ । उक्त समूहले लुटपाट गरी घरमा रहेका गरगहना, सुनचाँदी, लत्ताकपडा र नगद गरी करिब पाँच लाखमूल्यबराबर सरसमान लगेको पीडित यादवले बताए । 

 

कुटपिटबाट घाइते दुवै जनाको उपचारार्थ राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लुटपाट गर्ने व्यक्तिको खोजी जारी राखिएको नायब प्रहरी उपरीक्षक रिमालले जानकारी दिए । 

धनमाल लुटपाट

विशेष