News देश

धर्म परिवर्तन गराउनेलाई कडा कारबाही, देश निकाला पनि हुने

धर्म परिवर्तन गराउनेलाई कडा कारबाही, देश निकाला पनि हुने

काठमाडौं । विगत लामो समय देखि विभिन्न प्रलोभनमा पारी हिन्दू तथा बौद्ध धर्म मान्नेहरुलाई क्रिश्चियन धर्ममा परिवर्तन गरिन्दै आएको कुरा सबैलाई जानकारी भएकै कुरा हो । नेपालका विभिन्न गाउँगाउा देखि शहरसम्म यसको प्रभाव बढ्दै गएको छ ।

 

धर्म परिवर्नतन गराउनेलाई पाँच वर्षसम्म कैद वा पचास हजारसम्म जरीवाना हुने व्यवस्था आएको छ । विदेशी नागरिकले धर्म परिवर्तन गराएको ठहर भइ सजाय भागेपछि उसलाई सात दिनभित्र देश निकाला गर्नुपर्ने प्रावधान मुलुकी अपराध(संहिता)मा गरिएको छ ।

 

अब अरुको धर्म परिवर्तन गराउनेविरुद्ध कडा कारबाही हुने प्रावधान भदौ १ गतेदेखि लागू हुनेभएको छ । अर्को शुक्रबार लागू हुने मुलुकी अपराध(संहिता) ऐनको दफा १५८ मा कसैले पनि अरुको धर्म परिवर्तन गराउन वा धर्म परिवर्तनका लागि दुरुत्साहन गर्न नहुने व्यवस्था ल्याइएको छ ।

 

१५८ (२) मा भनिएको छ, ‘कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवाहार गर्न वा कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्नत गराउन वा धर्म परिवर्तन गराउने नियमले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन ।’

 


धर्म परिवर्नज गराएको उजुरी ६ महिनाभित्र दिइसक्नुपर्ने हदम्याद तोकिएको छ । भदौ १ गतेदेखि लागू हुने गरी गत वर्ष संसदले अपराध संहितासहित मुलुकी फौजदारी कार्यविधि, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयर्न) ऐन, मुलुकी देवानी ऐन र देवानी कार्य्विधि (संहिता) ऐन पारित गरेको थियो ।

हिन्दू तथा बौद्ध धर्म क्रिश्चियन धर्म धर्म परिवर्तन गराउनेलाई कारबाही

विशेष