News

डाक्टरले लापरबाही गरेर बिरामीकाे मृत्यु भएमा त्यस्ता डाक्टरलाइ जन्मकैद

यस्ताे कानुन नहटाए काम छाडेर घर बस्छाैं–नेपाल चिकित्सक संघ

डाक्टरले लापरबाही गरेर बिरामीकाे मृत्यु भएमा त्यस्ता डाक्टरलाइ जन्मकैद

काठमाडाैं । डाक्टरले उपचारमा लापरबाही गरी बिरामीको मृत्यु भएमा ‘जन्मकैद’ को सजाय हुने भएको छ । यसअघि लापरबाही तरिकाले स्वास्थ्य उपचार गर्दा बिरामीको मृत्यु वा अंगभंग भएमा पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो ।

 

अब उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए वा शरीर अंगभंग भए उपचारमा संलग्न चिकित्सकले जन्मकैदको सजाय भोग्नुपर्नेछ । यो व्यवस्था १ भदौबाट लागू हुँदै छ । उपचारमा हुने लापरबाहीका घटनामाथि गम्भीर बन्दै सरकारले मुलुकी संहिता ऐनमार्फत यस्तो व्यवस्था लागू गरेको हो ।

 

सरकारले ल्याउन लागेको उक्त कानुनविरुद्ध चिकित्सकहरू एकढिक्का भएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले तत्काल ऐन सच्याउन सरकारसमक्ष आग्रह गरेका छन् ।

–नयाँ पत्रिकाबाट

विशेष