वैदेशिक रोजगारीमा नेपाली युवा ठग्ने १७ डाक्टर तथा १२ संस्था चिनौं
काठमाडाैं । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेट आबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल संस्थाले कामदारबाट ठगी गर्दै आएका छन् ।
यी हुन् गाम्काको नाममा ठगी गर्ने स्वास्थ्य संस्था
अल खालिज मेडिकल सेन्टर, चाबहिल– महेन्द्र ढंगाना
अलमसुर डायग्नोसिस सेन्टर, नयाँ बानेश्वर – डा. सानुकृष्ण श्रेष्ठ, डा. भागरथी कायस्थ र डा. जहाङगिर आलम
अक्वा डायग्नोसिस सेन्टर, बत्तीसपुतली – डा अर्जुनसिंह चन्द, डा. मनोरदिन साइयद, डा जुबिर अहमद
हेल्थ केयर क्लिनिक, त्रिपुरेश्वर – डा. एस. राना
कान्तिपुर डायग्नोसिस सेन्टर, कान्तिपथ– डा आरडी जोशी
लाइफ केयर प्रिन्स डायग्नोसिस सेन्टर, त्रिपुरेश्वर – डा. आर. रौनियार
लाइफ ट्रस्ट मेडी डायग्नोसिस प्रालि, धुम्बाराही – डा. विजयराज झा, डा. शर्मिला पराजुली
मेडिएसिया डायग्नोसिस सेन्टर, बाँसबारी – डा. अरविन्दप्रसाद साह, डा आभूषणसिद्धि तुलाधर, डा. रमिला श्रेष्ठ
राजाम मेडिकल सेन्टर, चाबहिल – डा. राजेशकुमार, डा. मुक्तचन्द
साइबा मेडिकल सेन्टर, पुलचोक, ललितपुर–अब्दुल सुनार
साउदी नेपाल मेडिकल सेन्टर – महेन्द्र शेरचन
सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस, डिल्लीबजार – डा. इश्वरलाल श्रेष्ठ
नयाँ पत्रिकाबाट