News

कहिले आउँछ स्मार्ट लाईसेन्स ?

कहिले आउँछ स्मार्ट लाईसेन्स ?

काठमाडाैं । बुटवलका दीपक आचार्यले एक बर्षअघि यातायात कार्यालय बुटवलमा स्मार्ट लाईसेन्सका लागि आवेदन दर्ता गराएका थिए ।  यातायात व्यवस्था विभाग कार्यालय मीनभवनमा भेटिएका उनले भने, अस्ट्रेलियाजने समय आईसक्यो अझै लाइसेन्स पाएको छैन । 

५ महिनापछि आउँछ भने थिए, १ बर्षसम्म पाईएन । 
विभागका कर्मचारीले केही दिनमा आउँछ भनेका छन् । 

ललितपुर लेलेखका सुजन तामाङले पनि स्मार्ट लाईसेनसका लागि आवेदन दिएको ९ महिना भईसक्यो ।  यातायात कार्यालय एकान्तकुनाबाट आवेदन दिएका तामाङलाई विभाका कर्मचारीले अझै एक महिना कुर्न भनेका छन् । जहिले गए पनि विभागबाट छापिएर आएकै छैन भन्छन् उनले भने । 

विभागले २०७३ मंसिर २० देखि स्मार्ट कार्डको दरखास्त लिएर पुस ३ देखि वितरण गर्न थालेको हो । 

प्रिन्टर्सले दैनिक ४ सयभन्दा बढी कार्ड छाप्न सकेको छैन । तीनओटा उपकरणबाट कर्ड छापिरहे पनि माग थेग्न नसकेको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए । - कान्तिपुर दैनिकबाट। 

स्मार्ट लाईसेन्स

विशेष