रोकियो समायोजन प्रक्रिया

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरु गर्ने भनिएको समायोजन प्रक्रिया रोकेको छ ।
मन्त्रालयले संघीय निजामति सेवा ऐन पारित नभएकाले समायोजन प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ ।
यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थनीय तहमा समायोजन पक्रिया अघि बढाउने जनाएको थियो ।
तर साउन तेस्रो साा बित्दा पनि समायोजन प्रक्रियाको कुनै काम अघि बढेको छैन । - नागरिक दैनिकबाट ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय