इमरान खानले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने

एजेन्सी । इमरान खानले आउँदो शुक्रबार पाकिस्तानको प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने भएका छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले सपथग्रहणको औपचारिक मिति तय गर्दै इमरानलाई संसदीय दलको नेता चुन्ने औपचारिक प्रक्रिया पूरा भएको बताएको छ ।
पीटीआई नेता फैसल जावेदले सपथग्रहण समारोहमा भारतीय क्रिकेट टीमका पुर्ब कप्तानहरु सुनिल गावस्कर, र कपिलदेव तथा ब्याट्सम्यान नवजोतसिंह सिद्धूलाई निम्तो पठाइएको बताएका छन् ।
गएको हप्ता भएको चुनावमा १ सय १६ सिट जितेको पीटीआईले आफूलाई १८० भन्दा बढी सांसदको समर्थन रहेको दाबी गरेको छ ।