News

कर्मचारीका नेताले कुटे उपसचिवलाई

कुटपिटको कारण माल आउने ठाउँमा सरुवा नभएको भन्ने

कर्मचारीका नेताले कुटे उपसचिवलाई

 

काठमाडाैं ।  कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपतको प्रयास गरेका छन् । 
 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । 
 

कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् ।
 

अफुनिकटका केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आईतबारदिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेका थिए ।

अन्नपूर्ण पाेस्ट्बाट । 

विशेष