अध्यक्ष बस्नेत र महाराष्ट्रका सीप विकासमन्त्री बीच भेटवार्ता
काठमाडौं । शिव सेना नेपालका अध्यक्षसँग भारत महाराष्ट्रका सीप विकास एवं उद्यम तथा श्रममन्त्री सम्भाजी डिलिप्राओ पाटिल–निलांगेकरले भेट गरेका छन् । नेपाल भ्रमणमा आएका महाराष्ट्रका मन्त्री निलांगेकरले शिव सेना अध्यक्ष बस्नेतसँग भेट गर्नुअघि भगवान श्री पशुपतिनाथको दर्शन गरेका थिए ।
भेटबारे जानकारी दिँदै अध्यक्ष बस्नेतले भने, ‘उहाँलाई शिव सेना नेपालको तर्फबाट हामीले स्वागत गर्यौं । नेपाल र भारतबीचको समुधुर सम्बन्धमा यस्ता औपचारिक÷अनौपचारिक भ्रमणहरुले योगदान दिएको छ ।’
पशुपतिनाथको आदि ज्योतिर्लिङ्ग दर्शनका लागि भारतबाट लाखौं श्रद्धालु बर्सेनि आउँछन् । अध्यक्ष बस्नेतले भने, ‘भारतबाट विशिष्ट व्यक्तिहरु पनि विश्वको शिर पशुपतिमा आउने गरेका छन् ।
महाराष्ट्रका मन्त्री निलांगेकरसँग हामीले हिन्दुराष्ट्र नेपालको अभियान आफूहरुले सञ्चालन गरिहरेको जानकारी दियौं । उहाँले बहुसंख्यक नेपालीहरु हिन्दु छन् भने यस्तो माग जनस्तरबाट उठ्नु स्वाभाविक भएको बताउनु भयो ।’
सो भेटका क्रममा शिव सेना नेपालका अन्य विशिष्ट नेताहरुको पनि सहभागीता थिथो ।