News मुख्य समाचार

जलेश्वर कारागार डुबानमा

जलेश्वर कारागार डुबानमा

प्रतीकात्मक फोटो


महोत्तरी । भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रूपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । 


जिल्लामा आइतबार राती परेको  मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार सोमबार बिहान डुबानमा परेको हो । एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले बताए । 


वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ । 


कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानीभित्र प्रवेश गरेको चौकीदार श्रीनारायण महतोले बताए । 


यसैगरी महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको एक घरमा सोमबार बिहानको  आगलागीमा परी आठ लाखको क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मटिहानी नगरपालिका–८ बस्ने विपीनकुमार लालकर्णको घरमा भएको आगलागीमा आठ लाख मूल्यबराबरको क्षति भएको हो । 

 

बिहान करिब ३÷४ बजे कर्णको घरमा विद्युत् सर्ट भई आगलागी भएको थियो भने आगलागीमा उनका घरभित्रका नगद, गरगहना, अन्न, लत्ताकपडा, भाडाकुँडा, टेलिभिजन, मोबाइलसहित आठ लाख मूल्यबराबरको धनमाल जलेर नष्ट भएको थियो । 
कर्णको घरमा भएको आगलागी नेपाल र सशस्त्र प्रहरीले संयुक्तरूपमा नियन्त्रणमा लिएका थिए । 

जलेश्वर कारागार डुबानमा

विशेष