जेएनयूका विद्यार्थी नेतामाथि गोली प्रहार
एजेन्सी । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का विद्यार्थी नेता उमर खालिदलाई लक्षित गरेर गोली प्रहार भएको छ ।
नयाँ दिल्लीस्थित ‘कन्स्टिट्यूशन क्लब अफ इण्डिया’ बाहिर एक अज्ञात व्यक्तिले उनीमाथि लक्षित गरेर गोली चलाएको हो । घटनापछि उमर खालिद सुरक्षित छन् । घटनास्थलमा आक्रमणकारीको पेस्तोल पाइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार खालिद क्लबको गेटमा हुँदा दुई गोली चलाइएको थियो ।
‘कन्स्टिट्यूशन क्लब’मा खालिदसँगै रहेकी सैफीले भनिन्, “हामी चिया पिउन गएका थियौं । त्यही बेला तीन मानिसहरु हामीतर्फ आए । तिमध्ये एक जनाले खालिदलाई समात्यो । खालिदले आफूलाई उक्त मानिसको चङ्गुलबाट छुटाउन कासिस गरे ।”
सैफी थप भन्छिन् ,“गोली चलेको आवाज आउनासाथ त्यहाँ भागदौड मच्चियो तर गोली खालिदलाई लाग्न पाएन । आक्रमणकारीले भाग्ने क्रममा एक थप गोली चलाए ।”
कन्स्टिट्यूशन क्लब अफ इण्डियामा ‘यूनाइटेड अगेन्स्ट हेट’ नामक संस्थाले ‘डरबाट मुक्ति’ विषयक कार्यक्रम आयोजना गरेको थियो । त्यसमा भारतका कयैन प्रतिष्ठित समाजसेवी, पत्रकार र बुद्धिजीवीहरु उपस्थित भएका थिए ।
पछि खालिदले भने,“ देशमा डरको माहोल रहेको छ र सरकारविरुद्ध बोल्ने हरेक व्यक्तिलाई डराउने धम्काउने गरिएको छ ।”
आज फेसबुकमा लेखेको लामो टिप्पणीमा उमरले आफूमाथि गोली प्रहार गर्नको लागि केही मिडियाले वातावरण बनाएको आरोप लगाएका छन् । आफूलाई मिडियाहरुले अराष्ट्रिय तत्वको रुपमा देखाएर घृणाको वातावरण बनाएको बताएका छन् ।
यसका साथै उनले सार्बजनिक स्थानमा दिनदहाडै सत्ताका आलोचकहरु मारिएको र आक्रमणकारीहरु कानुनको घेरामा नआउनुले सत्तारुढ दलप्रति शंका गएको बताएका छन् ।
प्रहरीले यस मामलाको जाँच गरिरहेको छ, साथमा उनीहरुले घटनास्थलबाट प्राप्त गरेको हतियार जफत गरेको छ । हतियार आक्रमणकारी भाग्ने क्रम हातबाट खसेको थियो ।
जवाहरलाल नेहरु