News समाज

भेरी नदी दुई मिनेट मात्रै थुनिदा तीन वटा घर बगे

भेरी नदी दुई मिनेट मात्रै थुनिदा तीन वटा घर बगे

सुर्खेत । निरन्तरको वर्षासँगै पहिरो खस्दा थुनिएको भेरी नदीले तीन वटा घर बगाएको छ । जाजरकोट र रुकुमको सिमा क्षेत्रमा पर्ने नलगाढ नगरपालिका १२ को तल्लो बगरमा पहिरो जाँदा थुनिएको भेरी नदीले तीन वटा घर बगाएको हो ।

 

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार निरन्तरको वर्षासँगै ढिस्को खस्दा २ मिनेट भेरी नदी थुनिएको थियो ।

 

पहिरोले थुनिएको नदीले स्थानीय भविन्द्रबहादुर बस्नेत र ककबहादुर बस्नेतको घर बगाएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । नदीले घर बगाएपनि मानवीय क्षति नभएको उनले बताए ।

 

उक्त स्थानमा रहेका अन्य ३२ वटा घर जोखिममा रहेकोले त्यहाँ रहेका मानिस, पशुचौपाया र सर सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

भेरी नदी

विशेष