पूर्वएमाले कार्यकर्ताहरूले गरे वीरगञ्जको पार्टी कार्यालयमा तालाबन्दी

वीरगञ्ज । सदस्यता नविकरण, नयाँ सदस्य वितरण, पार्टी एकीकरण लगायतका विषयमा असन्तुष्टि जनाउँदै पूर्वएमाले नेताकार्यकर्ताहरुले वीरगञ्जको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
जिल्ला संयोजक प्रभु हजरा लगायतको गतिविधि प्रति असन्तुष्टि जनाउँदै वीरगञ्ज रामगढवा मदननगर स्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
विकसित राजनैतिक घटनाक्रमसँग जनभावना अनुसार एमाले र माओवादी केन्द्र बीचको एकीकरण पश्चात नेता कार्यकर्ता एवंम आम जनतामा उत्साह बढिरहेको अवस्थामा नेतृत्वको गतिविधिले भने पार्टीमा नकारात्मक प्रभाव परेको उनीहरुको भनाइ छ ।
वीरगञ्ज