News अपराध सुरक्षा

ललितपुरबाट नक्कली बम राख्ने तीनजना पक्राउ

ललितपुरबाट नक्कली बम राख्ने तीनजना पक्राउ

ललितपुर । प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए । 

 

जिल्लाका चार स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको उनले बताए । बिहान ग्वार्को, ताल्छिखेल र बटुकभैरबमा नक्कली बम राखेको पाइएको थियो । दिउँसो कुपण्डोलमा नक्कली बमका कारण केहीबेर स्थानीयवासी त्रसित रहे । जिल्लामा बन्दको न्यून प्रभाव परेको थियो ।

 

उनले भने, ‘सार्वजनिक सवारी केही कम भए पनि साझालगायतका यातायात सेवा नियमित रहे ।’ निजी सवारी साधन चलेको र र पसल खुल्ला नै रहेको प्रहरीले जनाएको छ । बन्दका कारण विद्यालय भने बन्द रहे । 

पक्राउ नक्कली बम

विशेष