पत्रकार महासंघका अध्यक्ष पत्रकारबाटै पीडित भए
उजुरी हाल्न काउन्सिल जाँदा न्यायमूर्ति त तिनै पीडक पत्रकार रहेछन्
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य आफैं पत्रकारहरुको निसानामा परेका छन् ।
साँघु साप्ताहिक नामक पत्रिकाले आचार्यविरुद्ध लगातार प्रकाशित गरेपछि उनी न्याय माग्दै प्रेस काउन्सिल पुगेका छन् । तर काउन्सिलमा उनकाविरुद्ध समाचार प्रकाशित गर्ने साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकी नै सदस्य छन् । जसले आफूमाथि अन्याय गरेको हो, उहि नै न्याय दिने ठाउँमा पनि भएपछि बिचरा गोविन्द आचार्यको अवस्था अहिले कमजोर बनेको छ ।
अतिचार भएपछि अध्यक्ष आचार्यले फेसबुकबाट सम्पादक बुढाथोकीलाई एक पत्र लेखेका छन् । पत्र यस्तो व्यहोराको छः