News

ललितपुरकाे जावलाखेलस्थित बीच सडकमा बम, कतै अागजनी, कतै नक्कली बम (अपडेट)

विप्लवका कार्यकर्ताले अहिलेसम्म कहाँ के के गरे ?

ललितपुरकाे जावलाखेलस्थित बीच सडकमा बम, कतै अागजनी, कतै नक्कली बम (अपडेट)

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वका नेकपाले आफ्नो प्रवक्ता प्रकाण्ड पक्राउको विरोधमा मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव राजधानी काठमाडौंमा खास नदेखिए पनि अन्य जिल्लामा परेको छ ।  

 

राजधानीका स्कुल कलेज बन्द छन् । मोटरहरु चलेका छन् । बजार खुला छन् । काठमाडौंका केही स्थानमा नक्कली बम राखेर मानिस तर्साउने प्रयास भएकोछ । 

कुन जिल्लामा के के भयो ? 

 


ललितपुरकाे जावलाखेलस्थित बीच सडकमा बम 

अपरिचित समूह ललितपुरको ज्वागलस्थित व्यस्त सडकमा संकास्पद बस्तु छाडेर भागेको छ। मंगलबार केहिबेर अघि बीच सडकमा संकास्पद प्रेसर कुकर राखेर ती समूह युएन पार्कतर्फ भागेको प्रत्यक्षदर्शीले बनाएका छन् । 

सो संकास्पद बस्तु  सडकमा राखिएसँगै ज्वागल क्षेत्रको यातायात प्रभावित बन्नुका साथै स्थानीय त्रसित देखिएका छन् । 

यसैबीच एकाएक बम राखेर अपरिचित समूह  भागेसँगै  घटनास्थल नजिकै गुड्दै गरेको बा८९प  ७४६९ नम्बरका स्कुटर चालक दुर्घटनामा परेका छन् ।


झापामा बम विष्फोट

 झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ । 

ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो । बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताए । प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा रहेको छ । 

जिल्लाको दमकबाट सोमबार नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । 


भरतपुरमा राजमार्गमा देखिएको शंकास्पद वस्तु सेनाले नष्ट गर्‍यो 

पूर्व पश्चिम राजमार्गको भरतपुर रिजाल चोकमा मंगलबार बिहान देखा परेको शंकास्पद् वस्तु सेनाले नष्ट गरेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेर बन्दका बेलामा फेला परेको सो वस्तु कुनै पनि प्रकारको विस्फोटक पदार्थ नभएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले बताए ।


 

काठमाडौंमा जताततै बम, दुई पक्राउ

काठमाडौँका विभिन्न स्थानमा तीन बम फेला परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौँ महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले नैकाप र नयाँपाटीमा फेला परेका बम नेपाली सेनाले निष्क्रिय पारेको बताउँदै बम लिएर हिँडेका दुई जनालाई जमलबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो । जमलमा बम लिएर हिँडेको अवस्थामा उषाकिरण र तारा सञ्जेललाई नियन्त्रणमा लिइएको बताइएको छ ।

यसअघि आज बिहान भक्तपुरका विभिन्न स्थानमा बम फेला परेको थियो । शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।


लमजुङ ठप्प

लमजुङमा बन्दको प्रभाव परेको छ । बन्दका कारण यहाँ छोटो तथा लामो दूरीका सवारी साधन चलेका छैनन् । बजार बसल पनि बन्द छन् ।


कपिलवस्तु

कपिलवस्तुका शिवराज नगरपालिका, विजयनगर गाउँपालिकामा बन्दको पूर्ण प्रभाव परे पनि अन्य ८ स्थानीय तहमा बन्दको आंशिक प्रभाव परेको छ । यातयात र उद्योग ठप्प छन् । शिक्षण संस्था पनि बन्द छन् । 

 

बन्दको पूर्वसन्ध्यामा कपिलवस्तुको वाणगंगा ११ देउवापारमा सोमबार राती विष्फोट गराईएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बम विष्फोट गराएको ठूलै आवाज सुनिए पनि कुनै क्षति नभएको प्रहरीको भनाई छ ।



सिरहामा प्रभाव परेन 

नेपाल बन्दको प्रभाव सिरहामा परेको छैन । पूर्वपश्चिम राजमार्ग र अन्य सडकमा सवारी साधन अन्य दिनझैं मंगलबार बिहानैदेखि गुडिरहेका छन् । बजार र विद्यालय समेत खुलेका छन् । उद्योग कलकारखाना समेत संचालनमा रहेका छन् । सडकमा कतै बन्दकर्ता पनि देखिएका छैनन् ।


ललितपुरका ठाउँ ठाउँमा नक्कली बम 
ललितपुरका तीन ठाउँमा नक्कली बम राखिएको छ । लगनखेलको बटुकभैरव, रिङ रोडस्थित ताल्छिखेल र ग्वाकर्कोस्थित गुण सिनेमामा राखिएका शंकास्पद बस्तु बम नभएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

तीनवटै ठाउँमा प्रेसर कुकर भेटिएको तर ती बम नभएर नागरिकलाई तर्साउने उद्देश्यले मात्र राखिएको डिएसपी चन्दको भनाई छ । यी तीनै ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली बम राखेको पत्तो लगाएको थियो ।


नवलपरासीमा ट्रकमा आगजनी 

पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै  आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।


बाजुरामा नक्कली बम 

बाजुराको बडिमालिका नगरपालिकाको कार्यालय अगाडि प्लास्टिकको झोलामा शंकास्पद बस्तु फेला परेको छ । 



भक्तपुरमा बम भेटियो, परीक्षण नगरी निष्क्रिय 

सूर्यंविनायक र लोकन्थलीमा मंगलबार बिहानै भेटिएको प्रेसर ककुर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम केहिबेर अघि निष्क्रिय पारेको हो । 

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए । उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी खटाइएको बताए । 


अर्घाखाँची ठप्प 

विप्लवले गरेको नेपाल बन्दको कारण विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ । विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । 

अर्घाखाँचीमा बजार, उद्योग धन्दा , तथा शिक्षण सस्था पुर्ण रुपमा ठप्प भएका छन्। बजारमा बन्दकर्ता नदेखिए पनि बन्दको प्रभाव पूर्णरुपमा परेको छ। विप्लवले आफ्ना प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुलाई विनाकारण प्रकाउ गरेको भन्दै नेपाल बन्दको आब्हान गरेको हो। 


गुल्मीमा मसाल जुलुस 

गुल्मी सदरमुकाम तम्घासमा विप्लवका कार्यकर्ताहरुले सोमबार राति मसाल जुलुस निकालेका थिए । सयौँ कार्यकर्ताहरुसहित निकालिएको मसाल जुलुसका क्रममा प्रहरीले धरपकड गरेन । 
 


मकवानपुरमा स्कुल बस जलाए 

मकवानपुरको थाहा नगरपालिका ११ देउरालीमा एउटा स्कुल बस बन्दकर्ताले जलाएको खबर छ। पालुङबाट नौबिसे जाँदै गरेको नम्बर प्लेट नहालेको स्कुलबस बन्दकर्ताले पेट्रोल हालेर आगो लगाएका हुन्। मकवानपुर प्रहरी प्रमुख बुद्धि गुरुङका अनुसार बस पूर्ण रुपमा जलेको छ। बन्दका कारण यहाँ लामो रुटका गाडी चलेका छैनन् भने स्थानीय गाडी फाट्टफुट्ट चलिरहेका छन्।

नेपाल बन्द बम नेत्र विक्रम चन्द विप्लव

विशेष