News मनोरञ्जन चलिरहेको फ्लिम चाडै आउदैछ

यस्तो आयो ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत

यस्तो आयो ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत

काठमाडौं । नायिका साम्रागी राज्य लक्ष्मी शाह र डेब्यु नायक धिरज मगर अभिनित फिल्म ‘इन्टु मिन्टु लण्डन’ मा को शिर्ष गीत रिलिज भएको छ । फिल्मलाई रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।

 

लण्डनमा खिचिएको उक्त गीतको भिडियोमा धिरज ‘रकस्टार’ को रुपमा देखिएका छन् । फिल्ममा इन्टुको भूमिकामा इशान अर्थात धिरज मगर र मिन्टु अर्थात मिराको भूमिकामा साम्राज्ञी रहेका छन् ।

 

आइ कोर फिल्मस्द्वारा निर्मित उक्त फिल्मलाई प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

 

रोमान्टिक लभस्टोरी जानरामा बनेको फिल्ममा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको मुुख्य भूमिका रहेको छ ।

हेराैं भिडियाे 

साम्रागी राज्य लक्ष्मी शाह धिरज मगर

विशेष