गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे ५० प्रतिशत निर्माण
काठमाडाैं । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्षदेखि संचालनमा ल्याउने गरि काम भईरहेको छ । सन २०१९ को सेप्टेम्वर २७ मा विश्व पर्यटन दिवसको अवसरमा पहिलो उडान भर्नेगरि तयारी भईरहेको आयोजनाका प्रमुख ओम शर्माले जानकारी दिए ।
आगामी वर्षदेखि नै व्यवसायिक उडान भर्नेगरि काम तिव्र गतिमा अघि बढेको शर्माले बताए। हाल विमानस्थलको प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा छ । विमानस्थल पार्किङ क्षेत्र, पानी ट्यांकीलगायत राख्ने काम पनि धमाधम निर्माण भैरहेका छन् ।
६ अर्ब २२ करोड ५१ लाख रकम लागतमा निर्माणाधीन विमानस्थल निर्माणकार्यको ठेक्का चिनियाा कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएको छ । सन २०१५ मा कम्पनीले सन् २०१७ डिसेम्बरमा काम सम्पन्न गर्ने सम्झौता गरेपनि अहिले सन् २०१९ को जुन महिनासम्म म्याद थप गरिएको छ ।