News

माेरङकाे एक विद्यालयको खानेपानी ट्याङ्कीमा विष, २० विद्यार्थी बिरामी भए

माेरङकाे एक विद्यालयको खानेपानी ट्याङ्कीमा विष, २० विद्यार्थी बिरामी भए

मोरङ  । मोरङको जाँते माध्यामिक विद्यालयको खानेपानी ट्याङ्कीमा  नचिनेको व्यक्तिले विष मिसाइदिँदा २० जना विद्यार्थी बिरामी परेका छन् । २ जनाको अवस्था गम्भीर रहेको छ । 

 

मंगलबार बिहान विद्यालय आएका विद्यार्थीहरु पानी खाने क्रममा उनीहरु विरामी परेका हुन् । साना कक्षाका बालबालिकाहरुले पानी खाए पनि थाहा नपाएको र ठूला कक्षाका विद्यार्थीले गन्ध आएको थाहा पाएपछि घटना बाहिर आएको थियो ।

 

पानीमा साइपर मेथिन १० विषाधि हालेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी चौकी जाँतेका सहायक प्रहरी निरीक्षक (असई) हरिनारायण राजवंशीले कक्षा १ देखि १० सम्मकै २० जना विद्यार्थी बिरामी भएकामा २ नजनाको अवस्था गम्भीर रहेको जानकारी दिए ।

मोरङ

विशेष