नेविसंघ आरआरको इकाइमा विरेन्द्र गिरी
काठमाडौं । नेपाल विद्यार्थी संघको रत्न राज्यलक्षमी क्याम्पसको इकाइ कमिटि गठन भएको छ। इकाइ कमिटिको अध्यक्षमा नेविसंघका केन्द्रीय प्रतिनिधि बिरेन्द्र गिरी सर्वसम्मत अध्यक्षमा नियुक्त भएका छन्।
केन्द्रीय अध्यक्ष नयन सिंह महरले आधिकारिक प्रतिनिधिको रुपमा गिरिलार्इ सर्वसम्मत अध्यक्ष बनाएको विज्ञप्तिमा उल्लेख छ।
लामो समयदेखि आरआरमा इकाइ कमिटि गठन हुन सकेको थिएन। अब संगठनलार्इ चुस्त दुरुस्त बनाउन तथा क्याम्पसको अध्यानअध्यापनमा सहजीकरण गर्ने गिरीले बताए।