News समाज

स्वतन्त्रता दिवसको अवसरमा सवारीसाधन प्रदान

स्वतन्त्रता दिवसको अवसरमा सवारीसाधन प्रदान

झापा । भारतीय दुतावासले ७२ औँ स्वतन्त्रता दिवसको अवसरमा झापा र एक विद्यालयलाई बुधबार सवारीसाधन प्रदान गरेको छ । 

 

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । 

 

“एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ”, उनले भने, “यसले विपद् व्यवस्थापनमा सहयोग मिल्नेछ ।” उनका अनुसार भारत सरकारले नेपालभर ३० वटा एम्बुलेन्स प्रदान गरेको छ जसमा तीन जिल्लाका रेडक्रस परेका छन् ।

 

झापा रेडक्रसलाई दुई थान, चितवन र धनुषा रेडक्रसलाई एक÷एक थान एम्बुलेन्स प्रदान गरिएको सभापति ढकालले जानकारी दिए । 

भारतीय दुतावास ७२ औँ स्वतन्त्रता दिवस

विशेष