News

पक्राउ परेनन् बलात्कारी मामा

पक्राउ परेनन् बलात्कारी मामा

सुनसरी । 'कि आमा कि मामा' भन्ने नेपाली उखानले मामालाई पनि आमाको जत्तिकै स्थान दिएको छ । 

 

तर, सुनसरीको दुर्गम क्षेत्रमा पर्ने धरान उपमहानगरपालिका ५ साउने टोलकी १७ बर्षीया एक किशोरीका लागि भने आफ्नै मामा अपराधी भएर निस्किए । 

 

छिमेकमै रहेका मामा झमकबहादुर बस्नेतले उनलाई बलात्कार गरे । 

 

बलात्कारविरुद्ध पीडित परिवारले प्रहरीमा उजुरी दिएको तीन महिना पुग्न लागे पनि पीडक अझै पक्राउ परेका छैनन् । 

 

ती किशोरीमाथि गत बर्ष फागुन २५ गते बलात्कार भएको थियो । 

 

कसैलाई भनेमा तिम्रो बुबा मारिदिन्छु भन्ने धम्की दिएका कारण पीडित किशोरीले गत जेठ अन्तिम साता मात्र घटनाबारे परिवारलाई जानकारी दिएकी थिइन् । 

त्यसपछि परिवारले गत असर ८ गते नै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको भए पनि अझै पीडक पक्राउ नपरेका हुन् । 

नागरिक दैनिकबाट । 

विशेष