News व्यापार

फास्टफुड एसोसिएसन नेपालको छैठौं महाधिवेशन हुने

फास्टफुड एसोसिएसन नेपालको छैठौं महाधिवेशन हुने

काठमाडौं । फास्टफुड एसोसिएसन नेपालको छैटौं महाधिवेशनको लागि उम्मेदवारी दिने उम्मेदवारहरुको नामावली बुधबार दर्ता भएको छ । सदस्य पदमा १२ जनाको नाम दर्ता भएको उच्च श्रोतले जानाएकाे छ ।

 

भाद्र २ गते हुने महाधिवेशनमा अध्यक्ष पदकाे लागि हिमाल श्रेष्ठ र केशव श्रेष्ठले उम्मेदवारीमा दर्ता गराएका छन्, भने उपाध्यक्ष पदमा राजु श्रेष्ठ, रमिला श्रेष्ठ र कुमार भण्डारीले दर्ता गराएका छन् ।

 

यसैगरी महासचिवको लागि होमराज श्रेष्ठ र प्रदिप कुमार श्रेष्ठको नाम दर्ता भएको छ । सचिव पदका लागि भिम बहादुर श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, बाबुराम कार्की र विष्णु श्रेष्ठको नाम दर्ता भएको छ । साथै कोषाध्यक्षमा नविन श्रेष्ठ र राजेश कुमार श्रेष्ठको नाम दर्ता भएको छ ।

 

इन्द्रेणी फुडल्यान्ड नयाँबानेश्वर काठमाडौंमा सस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री माननीय रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा हुने मन्त्रीबाट फस्टफुड एसोसिएसन नेपालको नयाँ भवन उत्घाटनसँगै छैटौं महाधिवेशन उत्घाटन हुने कार्यक्रम तय भएको छ ।

 

 


 

फास्टफुड एसोसिएसन नेपाल छैटौं महाधिवेशन

विशेष