News

यिनी राजदूत भएपछि पतिलाई घरनिकाला गरिन्, सम्पति पनि हडपिन र अहिले डिभोर्स दिइन् 

यिनी राजदूत भएपछि पतिलाई घरनिकाला गरिन्, सम्पति पनि हडपिन र अहिले डिभोर्स दिइन् 

काठमाडौं । जुन पतिले उच्च शिक्षा दिलाएर पत्नीलाई  राजदूतको ओहोदासम्म पुर्‍याउन सहयोग गर्छन्, आफ्नो ‘हाइट’ बढेपछि तिनै पत्नीले पतिलाई सडकको बास गराउँछिन् भने त्यस्ता पत्नीलाई के भन्ने ?

 

पाकिस्तानका लागि नेपाली राजदूत रहेकी सेवा अधिकारी लम्सालको व्यवहारले यस्तै प्रशन खडा गरेको छ । लम्सालले राजदूत  बनिसकेपछि  उमेर ढल्किसकेका  पति प्रदिप अधिकारीलाई परित्याग मात्र गरिनन् शक्तिको आडमा सबै सम्पत्ति हत्याएर उनलाई सडकको बास गराइदिएकी छिन् । आफूले जीवनभर दुःख गरेर काठमाडौँको गैरीगाउँ (तिनकुनेनजिकै) मा बनाएको घर, इटहरीको मूल्यवान जमिन र बैंकमा सञ्चित गरिएको सम्पूर्ण रकम पत्नीबाट खोसिएपछि प्रदीप अधिकारी यतिबेला मीनभवनस्थित आफन्तको घरमा शरण लिइरहेका छन् ।

 

 तीन छोरीका पिता अधिकारी पहिले गृह मन्त्रालयमा जागिरे थिए, गृहबाट उद्योग मन्त्रालयमा सरुवा गरिएका उनी कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवारत थिए । त्यहीँ सेवारत रहँदा कसैले षड्यन्त्रमूलक ढङ्गले फसाइ दिए पछि अधिकारी सेवामुक्त भएको  बताइन्छ । आफू निजामति सेवामा रहँदा कृषि विकास बैंकको चौथो तहमा जागिरे रहेकी पत्नी लम्साललाई आफैँले उच्च शिक्षा दिलाएर निजामती सेवामा प्रवेश गर्न प्रदीपले सहयोग गरेका थिए । 

 

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेकी लम्सालले दुई बर्षअधि राजदूत नियूक्त हुनुभन्दा केही समयअघिदेखि नै पतिसँग विभिन्न निहुँ झिकेर विवाद र झगडा गर्न थालेकि थिइन् । 

 

पतिले जागिर गुमाएपछि फरक व्यवहार  गर्न शुरु गरेकी उनले आफ्नो ओहोदा बढ्दै गएपछि शयन कक्षसमेत पतिसंग अलग गरकी थिइन् । राजदूत नियुक्त भएपछि सेवामा भारी परिर्वतन देखापरेको थियो, यसै क्रममा बेढेसकालका पतिलाई गत असार २० गते उनले कानुनी तवरमै छोडिदिएकी छिन् । यसरी पतिसँग सम्वन्धविच्छेद गरिदिँदा सेवाले प्रदीप अधिकारी पनि बाँच्न पाउनुपर्छ  भन्ने सोचिनन् ।

 

 घर, जग्गा र सम्पूर्ण नगद आफैसँग राखेर उनले  पतिलाई घरबाट निकालिदिइन् । सँगै जिउने, सँगै मर्ने वाचा गरेकी पत्नीले ठूलो ओहोदा भेट्टाएपछि यतिसम्म  गर्लिन् भन्ने सपनामा पनि नसोचेको प्रदीप अधिकारीसँग यतिबेला वास बस्नका लगि घर, खेतिपाती गर्नका निम्ति  जग्गाजमिन त रहेन नै, जागिर खानका लागि उमेर र अन्य केहि काम गर्नका निम्ति जाँगर पनि छैन । 

 

यसरी रित्याइएका प्रदीपले बाँकी जिन्दगी कसरी गुजार्ने हुन् । आफ्न्त तथा नातेदारहरुका निम्ति चिन्ताको विषय बनेको छ ।

 घटना र विचार साप्ताहिकबाट साभार । 
........................

प्रष्टिकरणः 

पाकिस्तानका  लागि नेपाली राजदूत सेवा अधिकारीका सम्बन्धमा यो समाचार गत बुधबार घटना र विचार साप्ताहिकमा प्रकाशित भएको हो । भूलवस जनआस्था साप्ताहिक हुन गएकोमा सच्याइएको छ । 

 

समाचार नेपालआजले साभार गरेपछि भाइरल बन्न पुग्यो । जसका कारण यो समाचारको मूल स्रोत नै नेपाल आज हो कि भन्ने भ्रम पनि केही पाठक वर्गमा पर्न गएको देखिएको छ । 

 

समाचार एक पक्षीय भयो भन्ने गुनासो सेवा अधिकारीकी छोरी प्रभा अधिकारीले गरेकी छन् । समाचारमा उल्लेख भएका जानकारीहरु साँचो भएको सेवाका पूर्वपति प्रदीप अधिकारीले नेपालआजलाई जानकारी दिएका छन् । समाचार सार्वजनिक भएपछि प्रदीपले सामाजिक सञ्जाल फेसबुकमा राखेको विषय नै आफ्नो आधिकारिक धारणा भएको उनको भनाइ छ । 

प्रदीपले भने, ‘सेवासँग निकट मान्छेहरुले मेरो बद्नाम गराउन मैले दोस्रो विवाह गरेको भ्रम फैल्याएका छन् । मैल दोस्रो विवाह गरेको छैन । मलाई सम्पत्ति नदिई घरबाट निकाला गरेको सही होइन । सहमति मै मेले उनलाई घर दिएको हुँ । अहिले म डेरामा बस्छु ।’

 

उनले समाचार आएपछि त्यो मैले नै छपाउन लगाएको भनेर बुझिएको उल्लेख गरे । उनले भने, ‘जसरी मलाई उनले घरबाट निकाला गरेको विषय साँचो होइन, समाचार मैले छपाउन लगाएको भन्ने पनि साँचो होइन ।’ 

 

सेवाकी छोरी प्रभाले समाचारमा भएका धेरै विषयहरु सत्य नभएको दावी गरेकी छन् ।  एकपक्षीय कुरा पढेर कसैको पनि चरित्रहत्या हुने गरी प्रतिक्रिया नदिन हुन अनुरोध पनि गरेकी छन् । 
–नेपालआज । 
 

विशेष