News

राहत उपलब्ध गराउन सरकारसँग माग

राहत उपलब्ध गराउन सरकारसँग माग

काठमाडौँ ।  राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

 

सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र भैरवसुन्दर श्रेष्ठले जाजरकोटका बाढीपीडित जनतालाई राहत उपलब्ध गराउन र आवश्यक स्थानमा पुल निर्माण गरी आवतजावत सहज बनाउर्न सरकारको ध्यानाकर्षण गरे । सांसद धनकुमारी खतिवडाले ललितपुरस्थित रेडियो नेपालको जग्गा कानून विपरीत सम्झौता गरी स्थानीय निकायलाई कुनै खबर नै अरुलाई भाडामा लगाउने कार्य गैरकानूनी रहेको बताए । 

 

सांसद अनिता देवकोटाले स्थानीय सरकारले जथाभावी रुपमा कर असुली गरेको, बिमला राई पौडेलले भूकम्पपीडित जनताको आवास निर्माणमा सरकारको ध्यान नपुगेको र रामप्रीत पासवानले राजधानीका सडकको जीर्ण अवस्था निर्र्माणमा तदारुकता नदेखाएको बताए । त्यसैगरी सांसद कविता बोगटी, दुर्गाप्रसाद उपाध्याय र नैनकला ओझाले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । 
 

राहत

विशेष