News समाज

हुम्लामा पहिरोबाट १८ घरहरू क्षति

हुम्लामा पहिरोबाट १८ घरहरू क्षति

हुम्ला । अविरल वर्षाका कारण हुम्लाका विभिन्न गाँउपालिकामा घरजग्गालाई क्षति पु¥याइएको छ । 

 

साउन १ गतेदेखि निरन्तर परेको पानीले सिमिकोट गाउँपालिकामा नौ घर, नाम्खा गाउपालिकामा चार, खार्पुनाथ गाउपालिकामा दुई, सर्केगाड गाउपालिकामा तीन गरी १८ घरमा वर्षाले क्षति पु¥याइएको जनाएको छ । विभिन्न गाउँपालिकाबाट क्षतिको यर्थात तथ्यांक आउन बाँकी छ । 

 

जिल्ला प्रशासन कार्यालयले तत्काल १८ घर परिवारलाई प्रति व्यक्ति रु तीन हजार ९१६ का दरले रु सात लाख पाँच हजार वितरण गरेको कुरा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । 
  

नेपाल रेडक्रस सोसाइटी हुम्लाले आफ्नो शाखा र उपशाखा कार्यालयमार्फत बाढी पीडितलाई तत्काल लत्ता कपडा, भाँडाकुँडा, कम्बल र पाललगायत सामग्री वितरण गरेको शाखाका मन्त्री छेपाल दोर्जे लामाले बताए । 

 

यसैगरी अविरल वर्षाका कारण उत्तरी सिमामा पर्ने सिमिकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालय डाँडाफायाको दुई कोठा भत्किएको छ भने अन्य भवनहरुमा चर्किएर क्षति पु¥याइएकाले विधालयमा पठनपाठन अवरुद्ध भएको शिक्षक बाचबहादुर विकले बताए ।
 

१८ घरहरू क्षति सिमिकोट गाउँपालिका

विशेष