भैंसी बेच्दा पनि कर
डोल्पा । हिमाली जिल्ला डोल्पाका स्थानीय सरकारले जनताको आयस्रोत नहेरी विभिन्न शीर्षकमा चर्को कर लगाएका छन्। डोल्पाका आठवटै स्थानीय तहले विभिन्न शीर्षकमा चर्को कर लगाएका हुन्।
मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न शीर्षकमा ४५ प्रकारका कर लगाएको छ। उक्त नगरपालिकाले पशुबस्तु बिक्री गर्दासमेत कर लगाएको छ । किसानले भैंसी बेचेवापत एक हजार र खसी बेचेवापत एक सय ५० रुपैयाँ कर नगरपालिकालाई तिर्नुपर्ने भएको छ।
गाउँगाउँमा स्थानीय सरकार घरआँगननमा सिंहदरबार भनेर विकास र रोजगारीको ग्यारेन्टी भनिएको संघीयतामा विभिन्न बहानामा चर्को कर लगाएर गरिबलाई झनै गरिब बनाउने नीति आएको भन्दै डोल्पाली जनता रुष्ट छन्।