१८ अाैं एसियाड खेल्न नेपाली राष्ट्रिय भलिबल टाेली शुक्रबार इन्डाेनेसिया प्रस्थान
काठमाडाैं । नेपाली राष्ट्रिय भलिबल टाेली शुक्रबार १८ औं एसियाली खेल्न इन्डाेनेसिया प्रस्थान गर्दै छ । एसियाली राष्ट्रहरुकाे सबैभन्दा ठूलाे महाकुम्भका रुपमा लिइने एसियाली गेम्स अहिले एसियाका विभिन्न राष्ट्रहरुमा जारी छ ।
एसियाडमा २० राष्ट्र सहभागी हुनेछन्, नेपालको समुहमा दक्षिण कोरिया र चाइनिज तपेइ रहेकाे छ । नेपाली टिम ‘डि’ मा परेको छ पहिलो खेल भदौ ६ गते चाइनिज तपेईसँग र दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग प्रतिष्पर्धा हुने भएको छ ।
नेपाली राष्ट्रिय भलिबल टिममा ईम बहादुर रानामगर कप्तान रहेको टाेलीमा १२ जनाकाे टाेली बिशाल बहादुर वि.क, दिपकराज जोशी, मान बाहादुर श्रेष्ठ , दुर्गा महतो, नरेन्द्र गिरी, धन बहादुर भट्ट श्रेत्री, कुल बहादुर थापा, राजु शेरचन, भैरब बहादुर बम, हरि बहादुर अधिकारी ,इश्वर थापा मगर लिवेरी सहभागी छन् ।