News मुख्य समाचार

रहेनन् कोफी अन्नान

रहेनन् कोफी अन्नान

काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ ।

 

कोफी अन्नान फाउन्डेसनको ट्विइटरका अनुसार अन्नान एक्कासि बिरामी परेपछि शनिबार स्विट्जरल्यान्डमा उनको निधन भएको रोयटर्स समाचार संस्थाले जनाएको छ ।


अफ्रिकी नागरिकबाट प्रथम संयुक्त राष्ट्रसंघको महासचिव बनेका अन्नान नोबेल शान्ति पुरस्कारबाट सम्मानित भइसकेका छन् । 
अन्नानले सन् १९९७ डिसेम्बरदेखि २००६ सम्म संयुक्त राष्ट्रसंघको महासचिव भई नेतृत्व सम्हालेका थिए ।

 

अफ्रिकी मुलुक घानामा जन्मेका उनका श्रीमती र ३ सन्तान छन् । –एजेन्सी

कोफी अन्नान

विशेष