स्वीडिस राज परिवारको बहुमूल्य गहना चोरी
एजेन्सी । स्वीडिस राज परिवारको बहुमूल्य गहना चोरी भएको छ । स्ट्रानग्नस क्याथेरलमा रहेको स्वीडिस राजपरिवारको गहना चोरी भएको स्वीडिस प्रहरी अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले जनाएको छ ।
चोरले दुईवटा मुकुट र रोयल अर्ब चोरेका छन् । स्टकहोमको पश्चिममा रहेको चर्चमा राखिएका गहना चोरी भएका हुन् । चोरी भएको मुकुट कार्ल चौथो र उनीक श्रीमतीको रानी क्रिष्टिनाको फ्युनेरलमा प्रयोग भएको हो ।सन् १६११ मा राजा–रानीको निधन भएपछि गहना पनि सँगै गाडिएको थियो । तर पछि निकालेर प्रशर्दनका लागि राखिएको हो ।
चोरीमा संलग्न भएको आरोपमा अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।
स्वीडिस राज परिवार