स्थानीय तहमा कर बढाउन नदिने
विराटनगर । नेपाली काग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संघीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे ।
उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली कांग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिए ।
महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए । उनले जनमत संग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गरे ।