News मुख्य समाचार

राजधानीमै गयो पहिरो, सिग्देल परिवारका चार घाइते

राजधानीमै गयो पहिरो, सिग्देल परिवारका चार घाइते

प्रतीकात्मक फोटो
 

काठमाडौं । शनिबार रातीको अविरल वर्षाले कागेश्वरी मनोहरा नगरपालिका–३ ब्रह्मखेलमा पहिरो जाँदा घर पुरिएर एकै घरका चार जना घाइते भएका छन् । पहिरोले शिरोमणि सिग्देलको घर पुरिँदा सिग्देल, उनकी श्रीमती सावित्री सिग्देल, छोराद्वय विपुल सिग्देल र विप्लव सिग्देल घाइते भएको महानगरीय प्रहरी प्रभाग डाँछीथलीले जनाएको छ । 

 

घाइतेलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा गम्भीर घाइते सावित्रीलाई राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालमा पठाइएको प्रभागका इन्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए । 

 

शिरोमणिसहित छोरा विपुल र विप्लव भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । पहिरो गएको स्थलको प्रदेश नं ३ का प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायत जनप्रतिनिधिले आइतबार अवलोकन गरेका थिए । 

 

पहिरोले सिग्देलको घर पूर्णरूपमा क्षति भएको छ । पुरिएका सामान नगरपालिकाको सहयोगमा निकाली छिमेकीको घरमा राख्न दिइएको प्रहरी नायब निरीक्षक यादवले बताए । सो स्थानमा अझै पहिरोको जोखिम रहेको बताइएको छ ।  
 

विशेष