News

समृद्ध नेपाल बनाउन आर्थिक र रोजगारीमा ध्यान दिनुपर्छ

समृद्ध नेपाल बनाउन आर्थिक र रोजगारीमा ध्यान दिनुपर्छ

विराटनगर । नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माण गर्ने प्रतिबद्धतालाई उद्योग सङ्गठन मोरङले पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएको छ । ‘मुलुकलाई समृद्ध बनाउन सरकारले तत्काल आर्थिक विकास र रोजगारी सूचनाका लागि औद्योगिक विकासमा केन्द्रित भइ त्यसतर्फ ध्यान दिनुपर्छ,’ उद्योग सङ्गठन मोरङका अध्यक्ष भीमप्रसाद घिमिरे बताए ।

 

‘सरकारले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने एवं औद्योगिकरूपमा सम्पन्न मुलुक बनाउने, सरकारी, निजी र साझेदारीको माध्यमबाट आर्थिक समृद्धिको मार्ग सुनिश्चित गर्नेलगायतका सरकारका संकल्प पूरा गर्न उद्योग सङ्गठनलाई धेरै मेहनत गर्नु नपर्ने देखिएको छ ।’दोहोरो तथा तेहोरो कर प्रणालीको अन्त्य र निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोणको विकासजस्ता दायित्व सरकारले निर्वाह गर्नुपर्ने घिमिरे बताए ।’

 

उनले, ‘सरकारले जस्तै निजी क्षेत्रले पनि सरकारद्वारा निर्दिष्ट नीति नियमको परिधिभित्र रही गुणस्तरीय र प्रतिस्पर्धी वस्तु उत्पादन गरी निर्यात प्रवद्र्धनको कार्य गर्नु, राजस्व र रोजगारीका अवसर सिर्जना गर्दै मुलुकलाई आत्मनिर्भरतर्फ उन्मुख बनाउन हामीले आफ्नो दायित्व पूरा गर्न तल्लीन छौँ भने ।’  
 

‘समृद्ध नेपाल सुखी नेपाली’ उद्योग सङ्गठन मोरङका अध्यक्ष भीमप्रसाद घिमिरे

विशेष