News

जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

काठमाडाैं । पूर्व सांसद एवं नेृपाली कांग्रेसका केन्द्रीय सदसय कृष्ण कुमार जोशीको निधनमा  प्रतिनिधि सभा बैठकले शोक प्रस्ताब पारित गरेको छ । बुधबार बसेकादे प्रतिनिधि सभाको बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

 

जोशी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट बैतडी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति समेत थिए ।

 

जोशीले २०४६र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रिय भूमिका निभाएका थिए । मंगलबार ७३ वर्षको उमेरमा जोशीको निधन भएको थियो । 

कृष्ण कुमार जोशी

विशेष