News देश राजनीति

सरकार विरुद्वको आन्दोलनमा राप्रपा

सरकार विरुद्वको आन्दोलनमा राप्रपा

काठमाडाैं । सरकार विरुद्वको आन्दोलनमा यतिबेला विपक्षी दलहरू सक्रिय भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि बुधबार सरकार विरुद्व प्रदर्शन थालेको छ । काठमाडौंको माइतीघरमा गरेको विरोध प्रदर्शनी कार्यक्रमको आयोजना पार्टीको उपत्यका समन्वय समितिले गरेको हो ।

 

त्यसैगरी राप्रपा प्रजातान्त्रिकले विजुलीबजारदेखि माइतीघरमा विरोध ¥यालीसमेत निकालेको थियो । सरकार सर्वसत्तावादी भएको, कर वृद्धि गरेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, निरंकुशता लादेको आदि आरोप लगाउँद गरेको ¥यालीमा पार्टी अध्यक्ष पशुपतिशम्शेर राणा, केशरबहादुर विष्ट, दीपक बोहरा, सुनील थापालगायत नेताहरु सहभागी भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

विशेष